Looking For Anything Specific?

Header Ads

सुशीला कार्कीको उपन्यासमा न्यायाधीश र पूर्वप्रहरीको टिप्पणी

२० पुस, काठमाडौं । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले लेखेको आख्यान कृति ‘कारा’माथि काठमाडौंमा अन्तरसंवाद कार्यक्रम सम्पन्न भयो । उपन्यासमाथि सर्वोच्च अदालतकी न्यायाधीश सपना प्रधान मल्ल र पूर्वप्रहरी नायब महानिरीक्षक रमेश खरेलले टिप्पणी गरे ।

‘कारा एउटा उपन्यासमात्र होइन, यो सुशीला कार्कीले देख्नुभएको नेपाली जनजीवनको यथार्थ पनि हो’, कार्यक्रममा बोल्दै न्यायाधीश मल्लले भनिन्, ‘उहाँले आफूले देखे–भोगेका घटनालाई जसरी लेखनमा उतार्न सक्नुभएको छ, त्यसले यो उपन्यासलाई निकै सजीव र रोचक बनाएको छ ।’

कमलादीस्थित प्रज्ञा–प्रतिष्ठानमा आयोजित पुस्तकमाथिको अन्तरसंवादमा बोल्दै पूर्वडीआईजी खरेलले प्रहरी सेवामा छँदा अनुभव गरेका कतिपय घटनाको झल्को आफूले उपन्यासमा पाएको उल्लेख गरे ।

‘एउटा छुट्टै नेपाल बुझ्ने भए एकपटक कारा उपन्यास पढ्नुपर्ने हुन्छ’, खरेलले पुस्तकको कथावस्तुमाथि प्रकाश पार्दै टिप्पणी गरे ।

कार्यक्रमको सञ्चालन पत्रकार एवं लेखक जनकराज सापकोटाले गरेका थिए ।

पूर्वप्रधानन्यायाधीश कार्कीले प्रजातान्त्रिक आन्दोलनको पृष्ठभूमिमा ‘कारा’मार्फत नेपाली कारागारभित्र देखिने फरक जीवनकथाहरूलाई औपन्यासिक लय दिएकी छन् । काराको प्रकाशन किताब पब्लिशर्सले गरेको हो ।



source https://www.onlinekhabar.com/2020/01/825950

Post a Comment

0 Comments