Looking For Anything Specific?

Header Ads

ललितपुरको गावाहलमा शंकास्पद वस्तु फेला

१९ पुस, काठमाडौं । ललितपुरको पाटन गावाहलमा शनिबार बिहान शंकास्पद वस्तु फेला परेको छ ।

टेपले बेरिएको अवस्थामा गावाहलको सडकमा शंकास्पद वस्तु फेला परेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय, ललितपुरका प्रमुख एसएसपी टेकप्रसाद राईले शंकास्पद वस्तु डिस्पोज गर्न नेपाली सेनाको बम डिस्पोजल टोलीलाई खबर गरिएको बताए ।

अहिले प्रहरीले शंकास्पद वस्तु भएको क्षेत्रमा घेरा हालेर सुरक्षित साथ राखेको छ ।



source https://www.onlinekhabar.com/2020/01/825806

Post a Comment

0 Comments