Looking For Anything Specific?

Header Ads

७७ हजार घुस रकमसहित नापी सर्वेक्षक पक्राउ

२२ पुस, वीरगञ्ज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालयका सर्वेक्षक रामनरेश पासवानलाई ७५ हजार रुपैयाँ घुस रकमसहित रंगेहात पक्राउ गरेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग, हेटौंडा कार्यालयका प्रहरी नायब उपरीक्षक केशव भट्टराई नेतृत्वको टोलीले नापी कार्यालयअन्तर्गत २ नं. नापी टोलीको कार्यालय वीरगञ्जबाट पासवानलाई सोमबार पक्राउ गरेको हो ।

अख्तियारका अनुसार, वीरगञ्ज–९, रानीघाटस्थित नापी कार्यालयमा कार्यरत सर्वेक्षक पासवानले जग्गा हाल साबिक गरी पुनः नापी जग्गाधनी प्रमाण पुर्जा बनाउन सेवाग्राहीसँग ७५ हजार रुपैयाँ घुस मागेका थिए । पासवानले घुस मागेको सूचनापछि स्ट्रिड अप्रेसन गरेको अख्तियारको टोलीले उनलाई रंगेहात नियन्त्रणमा लिएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

जगमंगलापुरका तत्कालीन सचिव नुनियाविरुद्ध आरोपपत्र

यसैगरी अख्तियारले पर्साको तत्कालीन जयमंगलापुर गाविसका सचिव राजेन्द्र महतो नुनियाविरुद्ध ५५ हजार ९ सय बिगो दाबीसहित विशेष अदालत काठमाडौंमा आइतबार आरोपपत्र दायर गरेको छ ।

नुनियाले नेपाल सरकारबाट सामाजिक सुरक्षा भत्ता शीर्षक (आंशिक अपाङ्ग, पूर्ण अपाङ्ग, औषधि खर्च, असहाय विधवा, बालबालिका तथा दलित) मा विनियोजित रकममा मृत्यु भइसकेको व्यक्तिलाई समेत रकम वितरण गरेको, कीर्ते भरपाई तयार गरी भ्रष्टाचार गरेको उजुरी अख्यितारमा परेको थियो ।

उजुरीका सम्बन्धमा अनुसन्धान हुँदा नुनियाले आ.व. ०७०/७१ देखि आ.व. ०७३/७४ को प्रथम चौमासिकसम्मको सामाजिक सुरक्षा भत्ता शीर्षकको रकम सम्बन्धित लाभग्राहीलाई नबुझाएको र मृत्यु भइसकेको व्यक्तिको नामको भत्ता वितरण गरी आफैंले लिएको दाबी अख्तियारले गरेको छ । त्यस्तै नुनियाले वितरण गरेको सामाजिक सुरक्षा भत्ताको सक्कल भरपाईमध्ये आ.व. ०७१/७२ को औषधि उपचार शीर्षकबाहेक अन्य भरपाई तथा आ.व. ०७२/७३ को तेस्रो किस्ताको भरपाईहरु समेत लुकाएको अख्तियारले ठहर गरेको छ ।



source https://www.onlinekhabar.com/2020/01/826577

Post a Comment

0 Comments