Looking For Anything Specific?

Header Ads

एमसीसी अनुदानका असंगत बुँदा सच्याएर स्वीकृत गर्न साझा पार्टीको माग

२१ पुस, काठमाडौं । साझा पार्टीले अमेरिकी सहयोग निकाय मिलेनियम च्याललेन्ज कर्पोरेसन (एमसीसी) अनुदान सम्झौताका क्रममा नेपालीपक्षबाट त्रुटि भएको निष्कर्ष निकालेको छ । साथै उसले असंगत बुँदा सच्याएर परियोजना स्वीकृत गर्न माग गरेको छ ।

एमसीसी अनुदान लिने या नलिने भन्नेबारे पछिल्लो समय बहस छ । सत्तारूढ नेकपा नै यसमा विभाजित भएको छ । यहीबीच साझाले आफ्नो धारणा सार्वजनिक गर्दै एमसीसी सहयोग विगतको निरन्तरता भए पनि परियोजनाका केही बुँदा नेपालको परराष्ट्रनीतिको मर्म र प्रचलित कानूनविपरीत भएको निष्कर्ष निकालेको हो ।

‘दशकौंदेखि नेपालको आर्थिक(सामाजिक विकासमा महत्त्वपूर्ण योगदान गर्दै आएको संयुक्त राज्य अमेरिकाको एमसीसी परियोजनालाई साझा पार्टीले विगतको सहयोगको निरन्तरताको रूपमा बुझेको छ’, एमसीसीबारे साझाले भनेको छ, ‘तर सम्झौतामा हस्ताक्षर गर्नुपूर्व नेपाल सरकारले आवश्यक ध्यान नपुर्याउँदा एमसीसी परियोजनाबारेका केही बुँदा नेपालको परराष्ट्रनीतिको मूल मर्म र प्रचलित कानुनको बर्खिलाप हुन गएको देखिन्छ।’

साझाले सम्झौतामा उल्लेख असंगत बुँदाबारे कूटनीतिक संवादमार्फत समाधान निकालेर राष्ट्रिय स्वार्थमा आँच नआउने गरी परियोजना स्वीकृत गर्न पनि साझाले सरकारसँग माग गरको छ ।



source https://www.onlinekhabar.com/2020/01/826229

Post a Comment

0 Comments