Looking For Anything Specific?

Header Ads

बराबरीमा रोकियो आर्मी, उपाधि होड रोमाञ्चक

११ माघ, काठमाडौं । न्यूरोड टिम (एनआरटी)ले शहीद स्मारक ए डिभिजन लिगमा लिग लिडर त्रिभुवन आर्मी क्लबले बराबरीमा रोकेको छ । यससँगै उपात्रि होड रोमाञ्चक बनेको छ ।

शनिबार भएको खेलमा एनआरटीले आर्मीलाई गोलरहित बराबरीमा रोकिएको हो ।

दशरथ रंगशालामा भएको खेलका आर्मीले गोलका आधा दर्जन अवसर पाएपनि सदुपयोग गर्न सकेन । इन्जुरी टाइममा एनआरटीका जुनियर निकुनगुए रातो कार्ड पाएका थिए ।

बराबरीमा रोकपछि आर्मीले तीन अंकको अग्रता बनाउनु अवसर गुमाएको छ । उसको ८ खेलबाट १७ अंक छ । समान खेलबाट मछिन्द्र क्लब र मनाङ मर्स्याङ्दी क्लबको १६-१६ अंक छ ।

एनआरटी १२ अंकसहित पाँचौ स्थानमा छ ।



source https://www.onlinekhabar.com/2020/01/831181

Post a Comment

0 Comments