Looking For Anything Specific?

Header Ads

‘फ्लड लाइट’मा फुटबल टिमको तालिम

११ मंसिर, काठमाडौं । दक्षिण एसियाली खेलकुद सागको तयारीमा रहेको नेपालको यू-२३ फुटबल टिमले मंगलबार फ्लड लाइटमा अभ्यास गरेको छ ।

साढे चार वर्षपछि सोमबार दशरथ रंगशालामा पहिलोपटक अभ्यास गरेको टिमले आज फ्लड लाइटमा तालिम गरेको हो ।

१३ औं साग मंसिर १५ देखि सुरु हुँदैछ । फुटबल खेल भने मंसिर १६ मा सुरु हुनेछ । सागका केही फुटबल खेल फ्लड लाइटमा हुनेछ ।

सागको उद्घाटन समारोहसमेत हुने दशरथ रंगशाला लगभग तयार भएको छ ।
तस्वीरहरू: विकास श्रेष्ठ/ शंकर गिरी/अनलाइनखबर



source https://www.onlinekhabar.com/2019/11/814681

Post a Comment

0 Comments