Looking For Anything Specific?

Header Ads

भुटान र माल्दिभ्सले कुस्ती खेलाडीको नामावली पठाएनन्

१२ मंसिर, जनकपुरधाम । १३ औं दक्षिण एशियाली खेलकुद अन्तर्गत हुने कुस्ती प्रतियोगितामा ५५ जना खेलाडीले सहभागिता जनाउने भएका छन् । बिभिन्न ५ देशका २४ महिलासहित ५५ खेलाडीले सहभागिता जनाउने भएका हुन् ।

आगामी मंसिर २० गतेदेखि जकपुरधाममा हुने कुस्ती प्रतियोगितामा भुटान र माल्दिभ्सले भने अहिलेसम्म खेलाडीहरुको नामावली पठाएका छैनन् । ‘अहिलेसम्म भुटान र माल्दिभ्सले कुस्ती खेलका खेलाडीहरुको नामावली पठाएका छैनन्,’ जिल्ला खेलकुद विकास समिति धनुषाका प्रमुख कमलकिशोर चौधरीले भने, ‘अहिलेसम्म सार्क अन्तर्गतको सात देशमध्ये पाँच देशका खेलाडीले मात्रै कुस्तीमा सहभागिता जनाउने अवस्था देखिएको छ ।’

भलिबल प्रतियोगितामा पनि भारतले सुरुमा नामावली पठाएको थिएन, तर गएराति ११ बजे भारतीय भलिबल टोली नेपाल आइपुगेको छ

कुस्ती खेलमा नेपालबाट ७ महिला र ७ पुरुषले सहभागिता जनाउँदैछन् । सबैभन्दा बढी बंगलादेशका खेलाडी हुनेछन् । बंगलादेशका १० पुरुष र १० महिला गरी २० जना खेलाडी आउने भएका छन् ।

कुस्ती प्रतियोगितामा खेल्ने नेपाली खेलाडीहरु प्रदेश २ र सुदूरपश्चिम प्रदेशबाट मात्रै चयन गरिएको छ

पाकिस्तानले पुरुषतर्फ मात्रै सहभागिता जनाउने भएको छ । पाकिस्तानका सात जना पुरुष खेलाडी आउने भएका छन् ।

भारतबाट १४ जना खेलाडी कुस्ती खेलमा सहभागी हुनेछन् । जसमध्ये ७ जना महिला र ७ जना पुरुष हुनेछन् । श्रीलंकाबाट पनि सात जना पुरुष र सात महिला गरी १४ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।

कुस्ती प्रतियोगिताका लागि २५ जना प्रशिक्षक र व्यवस्थापकसमेत जनकपुरधाम आउने छन् । यसमध्ये नेपालका सात जना छन् ।

नेपालको प्रमुख प्रशिक्षकमा व्रह्मदेव यादव, प्रशिक्षकमा मुमताज अली इद्रिसी, धर्मरानज प्रसाद यादव, शिवधारी यादव, राजेन्द्र चन्द छन् भने व्यवस्थापकमा साहिल अन्सारीलाई राखिएको छ । महिलातर्फको व्यवस्थापकको जिम्मेबारी जिन्नत अन्सारीलाई दिइएको छ ।

यस्तै भारतबाट ६ जना, बंगलादेशबाट ५ जना, पाकिस्तानबाट ३ जना र श्रीलंकाबाट ४ जना प्रशिक्षक र व्यवस्थापक आउने भएका छन् ।

नेपालका खेलाडी प्रदेश २ र सुदूरपश्चिमबाट

कुस्ती प्रतियोगितामा खेल्ने नेपाली खेलाडीहरु प्रदेश २ र सुदूरपश्चिम प्रदेशबाट मात्रै चयन गरिएको छ । पुरुषतर्फका एक जना नेपाल प्रहरीका, एक जना नेपाली सेनाका र बाँकी सबै प्रदेश २ बाटै चयन गरिएको छ ।

महिलातर्फका ६ जना खेलाडी सुदूरपश्चिम प्रदेशबाट चयन गरिएको छ । एक जना नेपाली सेनाबाट रहनेछन् । कुस्ती खेलाडीहरुलाई हेटौंडामा बन्द प्रशिक्षण दिइएको मुख्य प्रशिक्षक व्रह्मदेव यादवले बताए ।



source https://www.onlinekhabar.com/2019/11/815026

Post a Comment

0 Comments