१३ मंसिर, काठमाडौं । चिकित्सकहरुले प्रधानमन्त्री केपी शर्मा ओली खतरामुक्त रहेको बताएका छन् । ओलीको मंगलबार एपेन्डिसाइटिसको अप्रेसन गरिएको थियो । त्यसको तीन दिनपछि उपचारमा संलग्न चिकित्सकहरुले पत्रकार सम्मेलन गरी पछिल्लो स्वास्थ्य अवस्थाबारे जानकारी दिएका हुन् ।
source https://www.onlinekhabar.com/2019/11/815349
0 Comments