१५ असोज, काठमाडौं । भारत प्रशासित जम्मू काश्मीरमा १४४ जना बालबालिकालाई पक्राउ गरेर हिरासतमा राखेको खुलासा भएको छ । भारतको संविधानको ३७० खारेज गरेर विशेष राज्यको दर्जा खोसेपछि ९ र ११ वर्षका बच्चासहित १४४ नाबालिगलाई हिरासतमा लिएको पाइएको हो ।
जम्मू कश्मीर किशोर न्याय समिति जुवेनाइल जस्टिस कमिटीले सर्वोच्च अदालतमा पेश गरेको रिपोर्टमा बालबालिकाहरुलाई गैरकानुनी रुपमा हिरासतमा राखिएको उल्लेख छ ।
जम्मु कश्मीरको विशेष राज्यको दर्जा खोस्नुअघि भारतले सैनिक परिचालन गरेर त्यहाँ व्यापक धरपकड गरेको थियो । कश्मीरी नेताहरुलाई गिरफ्तार गर्दै मोबाइल तथा इन्टरनेट सेवा समेत बन्द गराइएको थियो । संविधानको धारा खारेज गरिसके पनि हालसम्म जम्मु कश्मीरको अवस्था सामान्य हुन सकेको छैन ।
लोकतन्त्र र मानवअधिकारलाई कुण्ठित गरेको भन्दै भारतको अन्तर्राष्ट्रियस्तरमा विरोध भइरहेको छ ।
source https://www.onlinekhabar.com/2019/10/800743
0 Comments