२९ माघ, काठमाडौं । महेन्द्र उपाध्यायको पहिलो उपन्यास ‘मिन्झारी’ लोकार्पण गरिएको छ । नेपाल प्रज्ञाप्रतिष्ठान कमलादीमा एक कार्यक्रमबीच मिन्झारीको लोकार्पण गरिएको हो ।
कार्यक्रममा पूर्वसांसद शान्ता चौधरीले उपन्यासले कम्लहरी र थारु समुदायका मुद्दालाई सशक्त रुपमा चित्रण गरेको बताइन् ।
साहित्यकार नयनराज पाण्डेले उपन्यासमा प्रयोग गरिएको भाषा शैली र बिम्ब लेखकको खासियत भएको बताए ।
लेखक उपाध्यायले उपन्यासमा आफू हुर्केको समाजको वास्तविकता चित्रण गर्न खोजेको बताउँदै उपन्यास पढेर रचनात्मक सुझाव सल्लाह दिन आग्रह गरे ।
काबु क्रियशनद्वारा प्रकाशित उपन्यासको मूल्य ५७५ रुपैयाँ छ ।
लेखकको यसअघि एक गजल सङ्ग्रहसहित फुटकर रचनाहरू प्रकाशित छन् ।
source https://www.onlinekhabar.com/2023/02/1261412
0 Comments