Looking For Anything Specific?

Header Ads

नवौं राष्ट्रिय कायक स्लाम च्याम्पियनसिप बैशाख ७ देखि

२३ चैत, काठमाडौं । नेपाल र्‍याफ्टिङ एन्ड क्यानोइङ संघको आयोजनामा नवौं राष्ट्रिय कायक स्लाम च्याम्पियनसिप तथा पाँचौ राष्ट्रिय र्‍याफ्टिङ च्याम्पियनसिप २०७८ बैशाखमा हुने भएको छ ।

आयोजकले बैशाख ७ देखि ९ गतेसम्म च्याम्पियनसिप हुने जनाएको छ ।

कोरोना भाइरसको महामारीपछि खोला सम्बन्धी प्रतियोगिता तथा गतिविधिहरु सुस्ताइरहेको अवस्थामा नेपाल एशोसिएसन अफ र्‍याफ्टिङ एजेन्सिज र हिमालयन रिभर गाइड एशोसिएसन तथा नेपाल र्‍याफ्टिङ तथा क्यानोइङ संघको बैठकले सुस्ताएको खोलाहरुको खेल गतिविधिलाई अगाडि बढाउने निर्णय अनुसार च्याम्पियनसिप आयोजना गर्न लागिएको नेपाल र्‍याफ्टिङ तथा क्यानोइङ संघका महासचिव सुदीप गौतमले जानकारी दिए ।

तीनदिने च्याम्पियनसिप त्रिशुली नदीमा आयोजना हुनेछ । जसका लागि आयोजकले टिम दर्ताका लागि आह्वान गरिसकेको छ ।



source https://www.onlinekhabar.com/2021/04/943189

Post a Comment

0 Comments