Looking For Anything Specific?

Header Ads

दल फेरेर मन्त्री बनेका टंक आङ्बुहाङको सांसद् पद खोसियो

२३ चैत, विराटनगर । प्रदेश १ सरकारका आर्थिक मामिला तथा योजना मन्त्री टंक आङ्बुहाङलाई नेकपा माओवादी केन्द्रले सांसद पदबाट हटाएको छ । संसदीय दलको नेतृत्व छाडेर एमाले प्रदेश गर्दै मन्त्री बनेका आङ्बुहाङलाई माओवादी केन्द्रले सासद्बाट हटाएको हो ।

सांसदबाट हटाएको जानकारी आजै प्रदेशसभालाई जानकारी दिने माओवादी केन्द्रको तयारी छ । ‘पार्टीले उहाँलाई पदमुक्त गरिसकेको छ,’ माओवादी केन्द्र संसदीय दलका नेता इन्द्र आङ्बोले भने, ‘पदमुक्त गरेको पत्र तयारी छ, आजै प्रदेशसभामा जानकारी गराउँछौं ।’

दल त्याग गर्दै वर्तमान प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्री बनेका प्रदेशसभा सदस्य टंक आङ्बुहाङलाई चैत १७ गते नेकपा माओवादी केन्द्र प्रदेश १ संसदीय दलले २४ घण्टे स्पष्टीकरण सोधेको थियो । तर उनले स्पष्टीकरण बुझाएनन् । स्पष्टीकरण नबुझाएपछि पार्टीले पदमुक्त गरेको हो ।

नेकपा विभाजनमा एमाले प्रवेश गर्दै मन्त्री बनेका आङ्बुहाङको कार्यकाल अब ६ महिनाको मात्रै हुनेछ । गैर सांसदले ६ महिना मात्रै मन्त्री बन्न पाउने प्रावधान छ । उनले चैत १३ गते मन्त्रीको पदभार ग्रहण गरेका थिए ।

तत्कालीन नेकपा संसदीय दलका उपनेता आङ्बुहाङ ताप्लेजुङ ‘ख’ बाट निर्वाचित सांसद हुन् । माओवादी जनयुद्ध लडेका उनी एमाले प्रवेश लगतै केन्द्रीय सदस्य हुँदै मन्त्री बनेका थिए ।



source https://www.onlinekhabar.com/2021/04/943186

Post a Comment

0 Comments