१६ वैशाख, भोजपुर। ६७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा भोजपुर नगरपालिका-२ बस्ने ४५ वर्षीय दोर्ची शेर्पालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।
दोर्चीले ती महिलालाई सोमबार साँझ जबरजस्ती करणी गरेको उजुरीपछि प्रहरीले उनलाई पक्राउ गरेको हो । पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
source https://www.onlinekhabar.com/2021/04/949566
0 Comments