Looking For Anything Specific?

Header Ads

नेप्से परिसूचक २० मिनेटमै ५५ अंकले घट्यो

१३ वैशाख, काठमाडौं । आइतबार ठूलो अंकले पहिरो गएको सेयर बजारमा सोमबार पनि कारोबार खुलेसँगै ठूलो अंकको गिरावट देखिएको छ ।

साताको दोस्रो दिन सोमबार कारोबार खुलेको २० मिनेटमा ५५ अंकले नेप्से परिसूचक घटेको छ ।

नेपाल स्टक एक्सचेञ्जमा कारोबार हुने म्युचुअल फण्डबाहेकका सबै सवइन्डेक्सहरु घटेका छन् । बजार ठूलो अंकले घट्दा पनि विशाल बजार कम्पनी र महिला लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य भने राम्रै बढेको छ ।



source https://www.onlinekhabar.com/2021/04/948630

Post a Comment

0 Comments