नायिका नीता ढुंगानाले निर्माण तथा निर्देशन गर्न लागेको वेव सिरिज ‘श्रीमद्धभागवद् गीता’को घोषणा गरिएको छ । वेव सिरिजको घोषणासँगै यसको सांगीतिक टिम पनि सार्वजनिक गरिएको छ । नीता फिल्मस्को दोश्रो प्रस्तुतिको रुपमा निर्माण हुन लागेको यो वेव सिरिजमा शित्तल गिरीको शब्द, पुष्पन प्रधानको संगीत तथा स्वर रहनेछ ।
कार्यक्रममा बोल्दै नायिका नीता ढुंगानाले नेपालमा पहिलो पटक भन्न लागेको ‘श्रीमद्धभागवद् गीता’को सिरिजमा महाभारतको कृष्ण र अर्जुनको पाटो मात्र समावेश हुने पत्रकार सम्मेलनमा नीताले बताइन् । गीतामा रहेको ७०० श्लोकबाट ४५ भागको सिरिज निर्माण हुनेछ ।
यसको कोरियोग्राफी रामजी लामिछानेले गर्नेछन् भने वनिष शाह यसका सम्पादक हुन् । कार्यक्रममा बोल्दै संगीतकार पुष्पन प्रधानले गीताको सार अनुसार संगीत तयार पार्ने बताए ।
source https://www.onlinekhabar.com/2021/04/942945
0 Comments