Looking For Anything Specific?

Header Ads

लकडाउनमा भिडियो कन्फ्रेन्सबाट बालकथा लेखन कार्यशाला

२२ चैत, काठमाडौं । लकडाउनको समयमा विश्वभरका लेखकहरु भिडियो कन्फ्रेन्समार्फत कथा लेखनमा जुटेका छन्।

बाल वाङ्मय तथा अनुसन्धान केन्द्रको आयोजनामा शुक्रवारबाट शुरु भएको कथा लेखन कार्यशालामा बेलायतदेखि टिमुर लेट्सेसम्मका साहित्यकारहरु सहभागी छन्।

कोरोनाले विश्वव्यापी रुपमा पारेको असर र यसले बालबालिकामा कस्तो प्रभाव पारेको छ भन्ने विषयमा केन्द्रित रहेर बालकथा लेखन कार्यशाला आयोजना गरिएको केन्द्रका अध्यक्ष प्रमोद प्रधानले जानकारी दिए ।

कथा लेखनको शुरुमा डा रवीन्द्र पाण्डे ‘समीर’ ले कोरोना रोगको वर्तमान अवस्था र नेपाली समाजमा पार्न सक्ने असरबारे जानकारी गराएका थिए। डा पाण्डेले बालबालिकाका विविध पक्षमा असर पार्ने जानकारी गराउँदै यस विषयमा बाल कथा लेखन कार्यशाल एतिहासिक हुने बताए ।

कार्यशालाको पहिलो दिन टिमुर लेट्सेबाट साहित्यकार सुधा रिसालले कथा प्रस्तुत गरिन् । त्यसैगरी साहित्यकारहरु हरि भण्डारी, शारदा पराजुली, शान्ति सापकोटा, मन्जु पौडेल, श्यामकृष्ण खुलीमुली, गंगा कर्माचार्य पौडेल, सजनी नौबागेलगायतले कोरोनाले बालबालिकामा पारेको असरबारे कथा प्रस्तुत गरे ।

आज प्रस्तुत भएका कथामाथि वरिष्ठ साहित्यकारहरु रामकुमार पाँडे, रामबाबु सुवेदी, केन्द्रका अध्यक्ष प्रधान, युवा बालसाहित्यकार अनन्त वाग्लेलगायतले टिप्पणी गरेका थिए ।

तीन घन्टासम्म चलेको भिडियो कन्फ्रेन्स कार्यशालामा क्यानडाबाट सुरेन उप्रेती, बेलायतबाट कृष्ण बजगाईको उपस्थिति थियो।

कार्यक्रम शनिबार पनि जारी रहने छ । शनिबारको भिडियो कन्फ्रेन्समा स्विडेनबाट उपशाला, अमेरिकाबाट लेखनाथ भण्डारी, फ्रान्सबाट अनुराधा पौडेल, कोरियाबाट मोहन कार्कीले कथा प्रस्तुत गर्नेछन्।

त्यसैगरी नेपालबाट डा तारानिधि भट्टराई, मुटु रोग विशेषज्ञ डा सुशान्त बन्जाडे, गंगा कसजु, इन्दिरा दली, केदार श्रेष्ठ, श्रीराम राई, क्रान्ति पाण्डेलगायतले कथा प्रस्तुत गर्नेछन्।

दुई दिने कार्यशालामा प्रस्तुत भएका कथाहरु परिमार्जन गरी पुस्तकारमा प्रकाशित हुने आयोजक संस्थाले जनाएको छ।



source https://www.onlinekhabar.com/2020/04/850865

Post a Comment

0 Comments