Looking For Anything Specific?

Header Ads

वीरगञ्जका अग्नि नियन्त्रकलाई गोली हानेर मारेको पुष्टि

१० कात्तिक, पर्सा । वीरगञ्ज महानगरपालिकाका अग्नि नियन्त्रक बुनिलाल चौरसियाको हत्या भएको पुष्टि भएको छ । वीरगन्ज महानगरपालिका-१६ नगवा निवासी चौरसियाको शव ८ कात्तिकमा नगवा पोखरीको डिलमा तन्नामा बेरिएको अवस्थामा भेटिएको थियो ।

नारायणी अस्पतालमा पोष्टमार्टम गर्दा उनको शरीरभित्र चिकित्सकहरुले गोली भेटेका छन् । योसँगै उनको गोली हानेरै हत्या गरिएको हुनसक्ने प्रहरीको अनुमान छ । जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरले भने, ‘अस्पतालमा शव परीक्षण गर्दा शरीरमा गोली भेटिएको छ, हामी अनुसन्धानको क्रममै छौं ।’

हत्यामा संलग्न रहेको आशंकामा प्रहरीले एक दम्पत्तिलाई चौरसियाको शव भेटिएकै दिन नियन्त्रणमा लिएको थियो । प्रहरीले वीरगञ्ज ६ माइस्थानका दीपक किशोर अग्रवाल ‘दीपु मारवाडी’ र उनकी श्रीमती निधी अग्रवाललाई पक्राउ गरेर प्रहरीले अनुसन्धान गरिरहेको छ ।

यो पनि पढ्नुहोस मृत भेटिए अग्नि नियन्त्रक चौरसिया

 



source https://www.onlinekhabar.com/2019/10/806594

Post a Comment

0 Comments