Looking For Anything Specific?

Header Ads

प्रकाशमान भन्छन्- जामसमेत खुलाउन नसक्ने सरकारबाट के आशा गर्नु ?

११ असोज, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नौबिसे-नागढुंगाको सवारी जाम पनि खुलाउन नसकेको भनेर सरकारको आलोचना गरेका छन् । जाममा परेर विरामीको मृत्यु हुँदासम्म पनि दुई तिहाइ बहुमतको सरकारले सहजरुपमा यात्रा गर्ने वातावरण बनाउन नसकेको भन्दै नेता सिंहले आलोचना गरे ।

नेपाली कांग्रेस काठमाडौं क्षेत्र नम्बर १ ले शनिबार बिहान आयोजना गरेको चियापान तथा शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै नेता सिंहले जनजीवन अस्तव्यस्त हुँदा पनि सरकार चूप लागेको बताए । उनले भने, ‘बजार भाउ अनियन्त्रित छ, जनजीवन अस्तब्यस्त छ, यस्तो अवस्थामा सरकारको कुनै उपस्थिति नदेखिनु दुःखद छ ।’

‘यो सरकारले सडकको जामसमेत खोल्न सकेको छैन । जनताको न्युनतम चाहना पनि पूरा गर्न सकेन, हरेक ठाउँमा असफल भएको छ,’ उनले भने । जाममा घण्टौंसम्म बस्दा बिरामीको मृत्यु हुँदासमेत बाटो खुलाउन सरकारले ध्यान नदिनु लाजमर्दो भएको उनले बताए ।

यो पनि पढ्नुहोस नागढुंगामा रेल ! निस्सासिए यात्रु (फोटो फिचर)

सहज रुपमा यात्रा गर्ने वातावरण समेत बनाउन नसक्ने सरकारबाट जनताले विकास र समृद्धिको अपेक्षा गर्नु बेकार हुने उनले बताए । ‘जामसमेत खुलाउन नसक्ने सरकारबाट अरु केही आशा गर्न सकिन्न,’ उनले भने ।

चाडबाडको समय नागरिकलाई सहज वातावरण बनादिनुको सट्टा चिनियाँ राष्ट्रपति सी जिनफिङ बिचारको पछि लागेको भनेर उनले सरकारको आलोचना गरे । चिनियाँ मोडलको व्यवस्था नेपालमा भित्राउन खोजेमा दुर्भाग्य हुने उनले बताए ।



source https://www.onlinekhabar.com/2019/09/799824

Post a Comment

0 Comments