१० असोज, काठमाडौं । सिंगापुरमा आजबाट सुरु हुने टी–२० त्रिकोणात्मक सिरिज क्रिकेटमा नेपालले टेष्ट राष्ट्र जिम्बाब्वेसँग प्रतिस्पर्धा गर्दैछ ।
इण्डियन एसोसिएसन क्रिकेट मैदानमा आज साझँ नेपाली समयअनुसार ५ बजेर १५ मिनेटमा जिम्बाब्वेसँग नेपालले खेल्न लागेको हो । टेष्ट राष्ट्र जिम्बाब्वेलाई पराजित गर्ने लक्ष्यमा नेपाली टिम रहेको छ ।
डबल राउण्ड रोविनको आधारमा सञ्चालन सिरिजमा नेपालले आफ्नो दोस्रो खेल शनिबार सिंगापुरसँग खेल्नेछ । त्यस्तै, तेस्रो खेलमा जिम्बाब्वेसँग अक्टोबर १ मा प्रतिस्पर्धा गर्नेछ । त्यस्तै अक्टोबर २ मा सिंगापुरसँग खेल्नेछ । शीर्ष दुई टिमले फाइनलमा प्रतिस्पर्धा गर्नेछ ।
कप्तान पारस खड्काको कप्तानीमा रहेको नेपाली टिममा अधिकांश युवा खेलाडी रहेका छन् । कुसल मल्ल र इशान पाण्डेले टिममा पहिलो पटक स्थान बनाएका छन् भने सुशान भारी, आरिफ शेख र सन्दीप जोराले पुनगरागमन गरेका छन् ।
source https://www.onlinekhabar.com/2019/09/799549
0 Comments