११ भदौ, काठमाडौं । काठमाडौं-निजगढ जोड्ने द्रुतमार्गको प्रस्थानविन्दु खोकनाको रेखांकन परिवर्तन भएको छ ।
मन्त्रिपरिषदले हालै स्वीकृत गरेको विस्तृत परियोजना प्रतिवेदनमा सिकाली मन्दिर र कोदेश क्षेत्रलाई संरक्षण गरी सामान्य रेखांकन परिवर्तन गरिएको नेपाली सेनाले जनाएको छ ।
यस्तै महादेवटारदेखि लेनडाँडा क्षेत्रमा पनि रेखांकन तयार भएको छ । त्यहाँ एसियाली विकास बैंक (एडीबी)ले छोक्रेडाँडा-ठिगन-लेनडाँडा सुरुङमार्ग प्रस्ताव गरेको थियो । यो १.३७ किमी लामो सुरुङमार्ग थियो ।
यसको सट्टा तीन वटा सुरुङमार्ग बनाइने छ । महादेवडाँडामा ३.३५५, धेद्रेमा १.६३० र लेनडाँडामा १.४३० किलोमिटर गरी ६.४१५ किलोमिटर लामो सुरुङमार्ग बनाइनेछ ।
डीपीआरअनुसार आयोजनाको लागत मूल्य अभिवृद्धि करसहित १ खर्ब ७५ अर्ब छ ।
source https://www.onlinekhabar.com/2019/08/791658
0 Comments