Looking For Anything Specific?

Header Ads

सबै उपाधि जित्न चाहन्छौं : मेस्सी

काठमाडौं । बार्सिलोनाका लिओनल मेस्सीले ११ वर्षमा ८ पटक लिगको उपाधि जित्नु सामान्य नभएको बताएका छन् ।

प्रि सिजनको अन्तिम खेलका रूपमा जोन गाम्पर ट्रफीमा आर्सनलसँग खेल्नुअघि सम्बोधन गर्दै उनले भने, ‘म फेरि पनि अप्रिलमा ला लिगा सेलिब्रेट गर्न चाहन्छु, जसरी गत सिजन गरेका थियौं ।’

ला लिगामा बार्सिलोनाको दवदबा बढ्दो छ तर युरोपमा त्यो सफलता हात पार्न सकेको छैन । पछिल्लो पटक २०१४/१५ मा च्याम्पियन्स लिग जितेको उसले त्यसयता राम्रो प्रदर्शन गर्न सकेको छैन ।

गत वर्ष जस्तै यो वर्ष पनि सबै उपाधि जित्ने लक्ष्य रहेको भन्दै मेस्सीले भने, ‘हामी हरेक खेल जित्न प्रतिस्पर्धा गछौं ।’



source https://www.onlinekhabar.com/2019/08/785738

Post a Comment

0 Comments