Looking For Anything Specific?

Header Ads

हुवाजिन सिमेन्टबारे छलफल गर्न उद्योग मन्त्रालय र लगानी बोर्डका प्रतिनिधि आएनन्

२१ साउन, काठमाडौं । हुवाजिन सिमेन्टबारे छलफल गर्न बोलाइएको सार्वजनिक लेखा समितिको बैठकमा उद्योग मन्त्रालय, लगानी बोर्ड र उद्योग विभागका प्रतिनिधि अनुपस्थित भएका छन् ।

हुवाजिन सिमेन्ट उद्योगसम्बन्धमा अध्ययन गर्न गठित उपसमितिको प्रतिवेदनमा छलफल गर्ने मंगलबार लेखा समितिको बैठक बोलाइएको थियो ।

सांसद लेखराज भट्ट संयोजकत्वको उपसमितिले यसअघि चिनियाँ हुवाजिन सिमेन्ट उद्योगलाई धादिङको ताल्तीमा ५० वर्षका लागि दिइएको जग्गा ठेक्का सम्झौता रद्द गर्न सिफारिस गरेको थियो ।

यो पनि पढ्नुहोस हुवाजिन सिमेन्टसँगको जग्गा भाडा सम्झौता रद्द गर्न सिफारिस

बोलाइएका प्रतिनिधिहरु अनुपस्थित नभएपछि लेखा समितिमा आन्तरिक छलफल चलिरहेको छ ।

यो पनि पढ्नुहोस पाण्डेको अगुवाइमा चिनियाँ हुवाजिन सिमेन्टमा अवरोध

source https://www.onlinekhabar.com/2019/08/786012

Post a Comment

0 Comments