Looking For Anything Specific?

Header Ads

कार्यथलोमा तनावः व्यवस्थापन गर्ने केही काइदा

कहिले काहीँ हामी कुनै पनि काम थाल्नुभन्दा अगाडि धेरै तनाव लिने गर्छौं, जसका कारण त्यो काम राम्रोसंग हुन पाउँदैन । तनावका कारण त्यो काम कसरी गर्ने भन्ने सोच्न सकिरहेको हुँदैन । तपाइर्ं क्षमतावान हुँदा-हुँदै पनि तनावका कारण आफ्नो कार्य-कुशलता देखाउन सक्नु हुन्न । यसले गर्दा तपाईंलाई असफलता प्राप्त हुन्छ, जसले तपाईंको तनाव झन बढ्न सक्छ ।

त्यसैले अफिसको कुनै पनि मिटिङ अथवा प्रजेन्टेसन जस्ता कुराहरुमा सहभागि हुँदै हुनुहुन्छ भने तनावमुक्त भएर मात्र सहभागि हुनु आवश्यक छ । तनाव सहित ती कार्यहरुमा सहभागि हुनु भयो भने तपाईले चाहेको सफलता प्राप्त गर्न सक्नु हुन्न । त्यसैले आज हामी तनाव मुक्त हुने ?

सुगन्धित तेलको प्रयोग

तनावको स्थितिमा सुगन्धले सकारात्मक कार्य गर्न सक्छ । तनाव भएको बेला सुगन्धित तेल लगाउने गरियो भने त्यसले तनाव घटाउन सक्ने एउटा अध्ययनले प्रमाणित गरेको छ । बजारमा उपलब्ध लेवेन्डर, भेटिवर जस्ता तेलहरुको सहयोगले तपाइर्ं सुगन्धित हुनुको साथै तनावमुक्त पनि हुन सक्नुहुन्छ ।

आफ्नो शरीरमा ती तेलका केही थोपा छर्कनु होस् अथवा कपासमा केहि थोपा राखेर सुँघ्नुहोस्, यसले तनावलाई कम गर्छ । त्यस्ता सुगन्धित कुराको प्रयोगले तपाइर्ं भित्रबाट नै शान्तिको अनुभव गर्न थाल्नु हुन्छ र तनावबाट मुक्ति पाउन सक्नु हुन्छ ।

मसाजको आवश्यकता

तनावको स्थितिमा मीटिङभन्दा १५ मिनेट अगाडि मसाज गर्नाले तनावमुक्त हुन सकिन्छ । मसाज तनावमुक्त गराउने सबैभन्दा प्रभावकारी तरिका हो । त्यसका लागि तपाईंले आफ्नो कानको माथिल्लो भागदेखि तलसम्म मालिश गर्नु पर्छ ।

हल्का दवाव दिँदै माथिदेखि तलसम्म मसाज गर्नुपर्छ । यसो गर्दा तपाईंको कानको भित्रि भागहरु पनि सक्रिय हुन्छन् र नर्वस सिस्टमलाई आरामको अनुभुति गराउँछ । जसले तपाईको तनाव कम हुन्छ ।

संगीतले पनि तनाव कम गर्छ

संगीत तपाईंको तनाव कम गर्ने सबैभन्दा उपयुक्त साधन हुनसक्छ । कुनै कुरा सोचेर तनाव बढाउनु भन्दा आफुलाई मनपर्ने गीत सुनेर आनन्दको अनुभव गर्नु बुद्धिमानी हुन्छ । राम्रो संगीतले तपाईको सृजनात्मक सोचलाई अगाडि बढाउन सहयोग गर्छ ।

वैज्ञानिकहरुका अनुसार ३० देखि ५० बीट्सको साउन्ड ट्रयाकले तपाईलाई शान्ति दिनको लागि पर्याप्त हुन्छ । संगीत सुन्नाले तपाई तनावमुक्त भएको महसूस गर्नुहुन्छ ।

केही क्षण आराम

तनाव भएको समयमा केहि क्षणको आरामले पनि तनाव कम गर्न सहयोग गर्छ । मीटिङभन्दा आधा घण्टा अगाडि केहि क्षण सबै कुराहरु बिर्सिएर आराम गर्नु पर्छ । यसो गर्दा तपाईं ताजा भएको अनुभव गर्नु हुन्छ । कामको क्रममा सुत्नु अथवा आराम गर्नु नराम्रो होइन । एक अनुसन्धानले केवल १० मिनेट सुत्नाले तपाईं  कामप्रति अझ बढि केन्दि्रत हुन सक्नुका साथै तपाईको कार्यक्षमता पनि बढ्छ भन्ने देखाएको छ ।

विशेषज्ञहरुका अनुसार केहि क्षण आराम गर्नाले तपाईको उर्जा र सतर्कतालाई बढाउँछ । गहिरो निद्रा नभएता पनि केहि समयको आरामले तपाइलाई ताजा अनुभव हुन्छ । त्यसैले केहि समय आराम गर्नाले पनि तपाई तनाव मुक्त भएको अनुभव गर्नु हुन्छ ।

यसरी तपाई कुनै महत्वपुर्ण मिटिङ तथा प्रजेन्टेसनमा सहभागि हुन जाँदा तनावुक्त भएर जान सक्नु हुन्छ । जसका कारण तपाइर्ं अरुको अगाडि सफल र क्षमतावान प्रमाणित हुन सक्नु हुन्छ ।



source https://www.onlinekhabar.com/2019/08/786022

Post a Comment

0 Comments