Looking For Anything Specific?

Header Ads

बार्सिलोनाले आर्सनललाई हरायो

२० साउन, काठमाडौं । लुइस स्वरेजको गोलसँगै बार्सिलोनाले आर्सनलाई हराएको छ र जोन गाम्पर ट्रफी जितेको छ । प्रि सिजनको अन्तिम खेलमा बार्सिलोनाले आर्सनललाई २–१ ले हराएको हो ।

नाउ क्याम्पमा भएको खेलमा आर्सनलले ३६ औं मिनेटमा पियरे इमरिक अबामियाङको गोलबाट अग्रता लिएको थियो ।

तर दोस्रो हाफमा बार्सिलोना हावी भयो । ६९ औं मिनेटमा नाइल्सको आत्मघाती गोलसँग बराबरी गरेको बार्सिलोनाका लागि स्वरेजले विजयी गोल गरे ।

लिओनल मेस्सी सब्सिच्युटको सूचीमा भएपनि मैदान प्रवेश गरनन् तर, एन्टोनी ग्रिजम्यान खेलेका थिए ।



source https://www.onlinekhabar.com/2019/08/785731

Post a Comment

0 Comments