Looking For Anything Specific?

Header Ads

ग्लोबल टी–२० मा सन्दीपको टिम विजयी

२० साउन, काठमाडौं । ग्लोबल टी–२० क्यनडामा टोरन्टो नेशनल्सले जित हात पारेको छ । उसले सोमबार भएको खेलमा मोन्ट्रियल टाइगर्सलाई ४ विकेटले हराएको हो ।

मोन्ट्रियल टाइगर्सले दिएको १३७ रनको लक्ष्य टोरेन्टोले १७.३ ओभरमा ६ विकेट गुमाएर भेट्टायो । उसका चिराज सुरीले ५२ रन बनाए ।

यसअघि पहिले ब्याटिङ गरेको मोन्ट्रियल टाइगर्सले २० ओभरमा ९ विकेट गुमाएर १३६ रन बनाएको थियो । टोरन्टो नेशनल्सबाट खेलेका नेपालका सन्दीप लामिछानेले एक विकेट हात पारे ।



source https://www.onlinekhabar.com/2019/08/785727

Post a Comment

0 Comments