३ माघ, काठमाडौं । पोखरा विमान दुर्घटनामा मृत्यु भएकाहरूको शव काठमाडौं ल्याइँदैछ । केहीबेरमा हेलिकप्टरबाट शव काठमाडौं ल्याउन लागिएको हो ।
पोखरामा सनाखत हुन नसकेका र विदेशी नागरिकका शव काठमाडौं प्रहरी प्रतिष्ठानमा ल्याउन लागिएको हो । सनाखत भएका २२ शव पोखराबाटै आफन्तको जिम्मा लगाइँदैछ भने ४८ शव काठमाडौं ल्याउन लागिएको हो ।
दुर्घटनाग्रस्त विमानमा चार जना चालक दलका सदस्यसहित ७२ जना सवार रहेकोमा २ जनाको अवस्था अझै अज्ञात छ ७० जनाको शव फेला परेको छ ।
आइतबार बिहान साढे १० बजे काठमाडौंबाट पोखराका लागि उडेको यती एयरको आरटीआर विमान सेती खोंचमा दुर्घटना भएको थियो ।
हालसम्म पोखरामा डाक्टर गणेश थापा र सदाकत मियाँको शव पोष्टमार्टम गरी आफन्तलाई बुझाइएको छ । बाँकी २० जनाको शव आजै बुझाउने तयारी भइरहेको छ ।
source https://www.onlinekhabar.com/2023/01/1248976
0 Comments