Looking For Anything Specific?

Header Ads

ओलीको निमन्त्रणामा बालकोट पुगे कांग्रेस नेता केसी

२६ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् ।

अध्यक्ष ओलीको निमन्त्रणामा नेता केसी आइतबार साँझ बालकोट पुगेका हुन् । भेटका क्रममा समसामयिक राजनीतिक घटनाक्रमबारे करिब २ घण्टा छलफल भएको थियो ।

जनजीविकाका सवालमा उठेका विषयको सामूहिकरुपमा समाधान गर्ने प्रतिबद्धतासँगै नयाँ सरकार गठन, अर्थतन्त्र सुधारका लागि दलहरुबीचको एकतालगायतका विषयमा पनि छलफल भएको छ ।



source https://www.onlinekhabar.com/2022/12/1231422

Post a Comment

0 Comments