Looking For Anything Specific?

Header Ads

लुम्बिनी प्रादेशिक अस्पताल क्षेत्रमा गाडी रोक्न निषेध

२६ मंसिर, बुटवल । बुटवलको लुम्बिनी प्रादेशिक अस्पताल क्षेत्रमा गाडी रोक्न नपाइने भएको छ । बुटवल उपमहानगरपालिकाले सरोकारवालाहरुसंगको बैठकपछि लुम्बिनी प्रादेशिक अस्पतालदेखि ब्लड बैंक चोकसम्मको क्षेत्रमा पार्किङ गर्न र गाडी रोक्न नपाउने निर्णय गरेको हो ।

अस्पताल क्षेत्रमा जथाभावी पार्किङ हुँदा एम्बुलेन्स लगायत उपचारका लागि अन्य सवारी साधनमा आएका विरामीहरुलाई असहज भएपछि यस्तो निर्णय भएको हो ।

बुटवलका मुख्य सडकहरुको पार्किङ व्यवस्थापन गर्ने, राजमार्ग क्षेत्रमा रहेका टिकट काउण्टरहरु एकीकृत गरी बसपार्कभित्रै व्यवस्थापन गर्ने, लामो तथा छोटो दुरीका सवारी साधनले यात्रु चढाउने र ओराल्ने स्थान तय गर्ने जस्ता निर्णय गरेको बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले जानकारी दिए ।



source https://www.onlinekhabar.com/2022/12/1231447

Post a Comment

0 Comments