Looking For Anything Specific?

Header Ads

लेस्टरलाई हराउँदै आर्सनल चौथो स्थानमा

३० फागुन, काठमाडौं । आर्सनलले प्रिमियर लिगमा आइतबार राति लेस्टर सिटीलाई २-० ले पराजित गरेको छ ।

यस जितले आर्सनल अंकतालिकामा चौथो स्थानमा उक्लेको छ ।

घरेलु मैदान एमिरेट्स स्टेडियममा भएको खेलमा आर्सनललाई जित दिलाउन थोमस पार्टे र एलेक्जेण्डर लाकाजेटले गोल गरे ।

खेलको ११ औं मिनेटमा थोमस पार्टेले गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए भने ५९ औं मिनेटमा लाकाजेटले पेनाल्टीमार्फत गोल गरेका थिए ।

जितपछि २६ खेलबाट ५१ अंक जोडेर आर्सनल चौथो स्थानमा उक्लिएको छ । लेस्टर ३३ अंकसहित १२औं स्थानमा छ ।



source https://www.onlinekhabar.com/2022/03/1093271

Post a Comment

0 Comments