Looking For Anything Specific?

Header Ads

फेरान टोरेसको २ गोलमा बार्सिलोनाको सहज जित

३० फागुन, काठमाडौं । स्पानिस ला लिगाअन्तर्गत आइतबार राती भएको ख्लमा बार्सिलोनाले ओसासुनालाई ४-० ले पराजित गरेको छ ।

फेरान टोरेसले पहिलो हाफमै दुई गोल गरेपछि बार्सिलोनाले सहज जित निकालेको हो । यस जितपछि बार्सिलोना तेस्रो स्थानमा उक्लेको छ ।

बार्सिलोना र एट्लेटिको मड्रिडको समान ५१ अंक भए पनि हेड टु हेडमा बार्सिलोना अघि रहेको हो ।

घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाका लागि फेरानले १४औं र २१औं मिनेटमा गोल गरे ।

यस्तै पिएरे एमरिक ओबामेयाङले २७औं र ७५औं मिनेटमा रिकी पुइजले गोल गर्दै बार्सिलोनालाई सहज जित दिलाए ।



source https://www.onlinekhabar.com/2022/03/1093261

Post a Comment

0 Comments