११ चैत, काठमाडौं । नेपाल र पपुवा न्युगिनी (पीएनजी) बीच पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट आज हुँदैछ ।
नेपालले घरेलु मैदान टियु क्रिकेट मैदानमा पीएनजीसँग पहिलो पटक एकदिवसीय खेल खेल्न लागेको हो । नेपाल र पीएनजीबीचको खेल बिहान ९:३० बजे सुरु हुनेछ ।
दुई खेलको एकदिवसीय शृङखला र त्रिदेशीय टी-२० शृङखलाका लागि यूएईमा क्रिकेट विश्वकप लिग टू खेलेर पीएनजी बुधबार नेपाल भ्रमणमा आएको हो ।दोस्रो एकदिवसीय खेल शनिबार हुनेछ ।
लिग टु को दुवै खेलमा मा नेपालले पीएनजीलाई हराएको थियो ।नेपालले पीएनजीलाई २ विकेट र ७ विकेटले पराजित थियो ।
नेपाली टोलीका मुख्य प्रशिक्षक मुख्य प्रशिक्षक पुबुदु दशानायके र कप्तान सन्दीप लामिछानेले पीएनजीविरुद्ध युवा खेलाडीलाई अवसर दिने बताएका छन् ।
पिएनजीविरुद्ध खेल्ने एकदिवसीय टिममा यू-१९ टिमका कप्तान देव खनाल पहिला पटक सिनियर टिममा परेका हुन् ।
source https://www.onlinekhabar.com/2022/03/1099004
0 Comments