Looking For Anything Specific?

Header Ads

रियल मड्रिड बराबरीमा रोकियो

१ फागुन, काठमाडौं । स्पानिस ला लिगाको शीर्ष स्थानमा रहेको रियल मड्रिड भियारियालसँग बराबरीमा रोकिएको छ । शनिबार घरेलु मैदानमा भएको खेलमा रियलले भियारियालसँग गोलरहित बराबरी खेलेको हो ।

घरेलु मैदानमा रियलले गोल गर्ने केही अवसर बनाए पनि फिनिसिङ हुन सकेन ।

बराबरीपछि दोस्रो स्थानको सेभियासँग अंकदूरी  बढाउने अवसर गुमाएको रियलको २४ खेलबाट ५४ अंक भएको छ । समान खेलबाट सेभियाको ५० अंक छ ।

भियारियाल २४ खेलबाट ३६ अंक जोडेर पाँचौ स्थानमा उक्लेको छ ।



source https://www.onlinekhabar.com/2022/02/1077996

Post a Comment

0 Comments