७ फागुन, काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसीबारे छलफल गर्न नेकपा (एकीकृत समाजवादी)को स्थायी कमिटी बैठक आज बिहान ११ बजे नयाँबानेश्वरस्थित अर्याल होटेलमा बस्दै छ । बैठकबाट एमसीसीबारे पार्टीको एकीकृत धारणा बनाउने सो नेताहरुले बताएका छन् ।
सत्ता गठबन्धनको बैठकमा र सार्वजनिक कार्यक्रमहरूमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले एमसीसी जस्ताकोतस्तै संसदबाट पारित गर्न नहुने मत राख्दै आएका छन् ।
सो पार्टीका महासचिव डा.वेदुराम भुसालले स्थायी कमिटीको बैठकमा समसामयिक राष्ट्रिय राजनीति, चुनावको तयारी, पार्टीको आन्तरिक गतिविधि लगायतका विषयमा बैठकमा छलफल हुने बताए ।
source https://www.onlinekhabar.com/2022/02/1081542
0 Comments