Looking For Anything Specific?

Header Ads

माघी पर्व सामाजिक सद्भावको उदाहरण हो : प्रधानमन्त्री देउवा

१ माघ, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले माघी पर्व  सामाजिक सद्भावको उदाहरण भएको बताएका छन् ।

माघी तथा माघे सङ्क्रान्ति पर्वको अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री देउवाले विशिष्ट पहिचान भएको माघी सामाजिक सद्भावको उदाहरण भएको बताएका हुन् ।

माघी पर्वले समस्त नेपालीबीच आपसी सम्बन्ध अझ प्रगाढ बनाउन मद्दत पुग्नेसमेत विश्वास व्यक्त गर्दै उनले पारस्परिक सद्भाव र सहिष्णुताको भावनालाई अझ प्रगाढ र सुदृढ बनाउन प्रेरणा प्रदान हुने बताएका छन् ।

उनले शुभकामना सन्देशमार्फत कोभिड–१९ महामारी नियन्त्रणका लागि अवलम्बन गरेका हालसम्मका प्रयास प्रभावकारी देखिए पनि कोभिड–१९ को नयाँ स्वरूपले अझै जोखिम बढाएकाले सरकारले जारी गरेका जनस्वास्थ्यका मापदण्डको पालना गर्दै यो पर्व हर्षोल्लासपूर्वक मनाउन आग्रह गरेका छन् ।



source https://www.onlinekhabar.com/2022/01/1065857

Post a Comment

0 Comments