१७ माघ, दाङ । बाँकेमा एकजना कोभिड संक्रमितको मृत्यु भएको छ।
रुकुम पश्चिमको आठविस नगरपालिका -६ का ६५ वर्षीय एक पुरुषको भेरी अस्पतालमा सोमबार बिहान ३ बजे मृत्यु भएको जिल्ला कोभिड-१९ व्यवस्थापन केन्द्र बाँकेले जनाएको छ ।
माघ १५ गते स्वाब परीक्षण गर्दा कोभिड संक्रमण पुष्टि भएपछि उनलाई भेरी अस्पतालमा भर्ना गरिएको थियो । मृत्यु भएको पुरुषले खोप नलगाएको पाइएको केन्द्रका फोकल पर्सन तेजबहादुर वलीले बताए ।
source https://www.onlinekhabar.com/2022/01/1072374
0 Comments