Looking For Anything Specific?

Header Ads

‘नातिकाजी राष्ट्रिय प्रतिभा पुरस्कार’बाट अर्जुन पोखरेल पुरस्कृत

संगीतकार अर्जुन पोखरेललाई ‘नातिकाजी राष्ट्रिय प्रतिभा पुरस्कार–२०७७’बाट सम्मानित गरिने भएको छ । संगीतकार नातिकाजीको ९७ औं जन्मदिनको अवसर पारेर शनिबार आयोजित कार्यक्रममा अर्जुनलाई पुरस्कार प्रदान गर्ने निर्णय गरिएको हो ।

संगीतकार पोखरेलले संगीतका महर्षी नातिकाजीको नाममा स्थापित पुरस्कार प्राप्त गर्दा आफू निक्कै नै खुशी भएको प्रतिक्रिया दिए । उनले, सांगीतिक क्षेत्रमा अझै धेरै काम गर्ने प्रेरणा आफूलाई मिलेको पनि बताए ।

केही दिनपछि आयोजना हुने कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीको हातबाट यो पुरस्कार प्रदान गरिनेछ ।

नेपाली चलचित्र तथा सुगम संगीतको क्षेत्रमा अर्जुन विगत केही बर्षदेखि सर्वाधिक लोकप्रिय छन् । उनले संगीत भरेका दर्जनौं गीतहरुले श्रोता तथा दर्शकको माया पाएका छन् ।



source https://www.onlinekhabar.com/2021/12/1054285

Post a Comment

0 Comments