Looking For Anything Specific?

Header Ads

माओवादी केन्द्र बागमती प्रदेशको अध्यक्षमा सरल सहयात्री विजयी

६ पुस, काठमाडौं । नेकपा (माओवादी केन्द्र) बागमती प्रदेशको अध्यक्षमा सिन्धुपाल्चोकका सरल सहयात्री पौडेल विजयी भएका छन् ।

काभ्रेपलान्चोकका दीननाथ गौतम (प्रयास)लाई पराजित गर्दै सरल अध्यक्षमा निर्वाचित भएका हुन् । पौडेलले १६२ मत ल्याए भने गौतमले ८६ मतमात्रै पाए ।

यस्तै तीन जना उपाध्यक्षमा रुपा महर्जन, प्रेमबहादुर पुलामी र रामप्रसाद ढुंगाना विजयी भएका छन् । सचिवमा काभ्रेका इन्द्रबहादुर थिङ (छिन्ताङ) निर्वाचित भएका छन् ।

तीन जना सहसचिवमा दलबहादुर बुर्लाकोटी, माधवप्रसाद लामिछाने र प्रकाश श्रेष्ठ निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।

कोषाध्यक्षमा संगीता भट्टराई विजयी भएकी छन् ।

सम्मेलन सुरु भएको १० दिनसम्म पनि अध्यक्षसहित पदाधिकारीमा सहमति हुन नसकेपछि सोमबार राति मतदान भएको थियो । माओवादीले प्रदेश कमिटीका सदस्यहरूलाई मतदाता मानेर निर्वाचन गराएको हो ।



source https://www.onlinekhabar.com/2021/12/1055242

Post a Comment

0 Comments