१३ पुस, काठमाडौं । सिरहाको कर्जन्हा घर भएका सन्तोष साहले बीबीसी मास्टरसेफ प्रोफेसनल्सको ‘रिम्याच’ उपाधि जितेका छन् । उनले फाइनलमा अन्य तीन प्रतिस्पर्धीलाई पछि पार्दै उक्त उपाधि जितेका हुन् ।
फाइनलमा साहसँगै फिली आर्मिटेज म्याटिन, बार्ट भ्यान डेर ली र जेमी पार्क थिए । उनीहरुले बिभिन्न परिकारहरु प्रस्तुत गरेका थिए ।
सन्तोषले बिभिन्न १८ प्रकारका नेपाली भेगन खाना पकाएर देखाएका थिए । उनले भात, मासको दाल, गोलभेंडाको चटनी, पोलेको कटहर, मालपुवा, बुनिया लगायतका परिकार पकाएर पस्किएका थिए ।
एकजना निर्णायकले सन्तोषले तयार पारेका परिकारको तारिफ गर्दै एकपटक आफूलाई नेपाल घुमाउन आग्रह गरेकी थिइन् ।
विश्वकै प्रतिष्ठित टिभी रियालिटी शो ‘मास्टर सेफ प्रोफेसनल यूके’ गएराति बीबीसी वानमा प्रसारण भएको थियो ।
We asked for a feast… Santosh served up EIGHTEEN dishes! What a performance in the #MasterChefUK kitchen.
Missed #MasterChefTheProfessionals Rematch? Head over to @BBCiPlayer https://t.co/WkdJrRpaHn pic.twitter.com/GrE34DpMIO— MasterChef UK (@MasterChefUK) December 27, 2021
source https://www.onlinekhabar.com/2021/12/1058191
0 Comments