Looking For Anything Specific?

Header Ads

तामाकोसी प्रसारण लाइनको काम गर्दा काठमाडौंदेखि कोहलपुरसम्म बिजुली प्रभावित हुने

१२ असार, काठमाडौं । राष्ट्रिय गौरवको अपर तामाकोसी जलविद्युत आयोजनाबाट परीक्षण उत्पादनको तयारी सुरु भएपछि प्रसारण लाइन व्यवस्थापनको अन्तिम चरणको काम सुरु भएको छ।

तामाकोसी करिडोरबाट आउने बिजुली अब खिम्तीमा बनाइएको नयाँ सबस्टेशनमा जोडिने भएको छ । यसअघि नयाँ सबस्टेशन निर्माणको टुंगो नलाग्दा तामाकोसी करिडोरबाट आएको बिजुली सिधै ढल्केबर लाने गरी खिम्ती सबस्टेशनमार्फत जोडिएको थियो । अब भने खिम्तीको सबस्टेशनमार्फत् नै तामाकोसीको बिजुली राष्ट्रिय प्रसारणमा जोडिने छ।

खिम्ती-लामोसाँघु १३२ केभी प्रसारण लाइन यही असार १३ गतेदेखि १९ गतेसम्म बन्द गरेर अपर तामाकोसी जलविद्युत आयोजनालाई राष्ट्रिय विद्युत प्रणालीमा जोड्न लागिएको अपर तामाकोसी जलविद्युत आयोजनाका प्रवक्ता डा. गणेश न्यौपानेले जानकारी दिए।

‘यो काम गर्दा ढल्केबरदेखि कोहलपुरसम्मका सबस्टेसनहरुबाट विद्युत आपूर्ति हुने क्षेत्रका औद्योगिक ग्राहकहरुको विद्युत कटौती हुने छ,’ प्रवक्ता न्यौपानेले भने, ‘यसबाट काठमाडौं उपत्यकाका ग्राहक पनि प्रभावित हुने छन् ।’ बिजुली कति समयसम्म प्रभावित हुन्छ भनेर एकिनका साथ भन्न नसकिने उनले बताए ।

यस परिस्थितिमा कुलेखानी जलाशयको पानी प्रयोग गरी यथासम्भव विद्युत कटौतीको समय कम गर्न प्रयास गर्ने नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।



source https://www.onlinekhabar.com/2021/06/974605

Post a Comment

0 Comments