Looking For Anything Specific?

Header Ads

स्टुडियो नहुनुको घाटाः ‘ए मेरो हजुर ४’को क्लाइमेक्स दृश्य टिकटकमा भाइरल

चलचित्र ‘ए मेरो हजुर ४’का निर्माता सुनिल कुमार थापाले चलचित्रको छायांकनको दृश्य लुकाउन भरपुर प्रयास गरे । तर, सार्वजनिक स्थलमा चलचित्रको छायांकन गर्नुपर्ने वाध्यताका कारण उनको यो प्रयास सफल हुन सकेन ।  केही साता अगाडि चलचित्रको छायांकन सिंहदरबार अगाडि भयो । नायक अनमोल केसी र नायिका सुहाना थापाविचको एक दृश्य टिकटकमा भाइरल नै भयो ।

हाल यो चलचित्रको क्लाइमेक्स र प्रि–क्लाइमेक्सको दृश्य काठमाडौंको विभिन्न अस्पतालमा भैरहेको छ । तर, ग्रान्डी अस्पतालमा चलचित्रको क्लाइमेक्सको दृश्य छायांकन गर्दा भिडियो टिकटकमा भाइरल भयो ।

नायक अनमोल केसी विरामी परेपछिको दृश्य लुकाउनका लागि सुनिलले प्रयास नगरेका होइनन् । उनले अनलाइनखबरसँग भने–‘हामीले डेढ दर्जन प्राविधिकहरुलाई त मोबाइलबाट भिडियो खिच्नबाट रोक्नकै लागि छायांकनमा खटाएका थियौं । तर, भिडियो लिक भयो । कसले कहाँबाट खिच्छ, कसरी थाहा पाउनु ?’

सुनिलले नेपालममा चलचित्र स्टुडियो नहुनुको घाटा निर्माताहरुले भोग्नुपरेको बताए । उनले भने–‘आफ्नै स्टुडियो नहुँदा हामीले विभिन्न स्थानमा चलचित्रको छायांकन गर्नुपरेको छ । सार्वजनिक स्थानमा त जती गरेपनि दृश्य लुकाउन नसकिने रहेछ ।’

आफू २५ बर्षदेखि नेपाली चलचित्र क्षेत्रमा लागेको बताउँदै सुनिलले चलचित्र स्टुडियो बन्नेमा आफू विश्वस्त हुन नसकेको गुनासो व्यक्त गरे । यो चलचित्रको लागि नायक अनमोल केसीले कपाल समेत काटेका छन् । अनमोलको यही दृश्य लिक नहोस् भनेर निर्माणपक्षले प्रयास नगरेको होइन । तर, टिकटकमा उनको यो लुक्स भाइरल नै भयो ।

नेपाली चलचित्रका निर्माताले छायांकन स्टुडियो नहुँदा लोकेशनका लागि दुःख मात्र भोगिरहेका छैनन्, खुलेर चलचित्रको छायांकन पनि गर्न पाएका छैनन् । तर, चलचित्र विकास बोर्डले चलचित्र स्टुडियो बनाउने भनेर हरेक बर्ष कुरा गरेपनि यसको सुरुवात पनि हुन सकेको छैन ।



source https://www.onlinekhabar.com/2021/04/943222

Post a Comment

0 Comments