Looking For Anything Specific?

Header Ads

निर्देशक समाजको साधारण सभामा निर्देशक लामा सम्मानित

चलचित्र निर्देशक समाजको साधारण सभामा ९२ बर्षीय निर्देशक तथा निर्माता हेमबहादुर लामालाई लाइफ टाइम एचिभमेन्ट अवार्ड प्रदान गरिएको छ । चलचित्र विकास बोर्डको हलमा आयोजित कार्यक्रममा लामासहित अन्य केही निर्देशकलाई पनि सम्मान गरिएको थियो । लामाले चलचित्र ‘आदर्श नारी’को निर्माण तथा निर्देशन गरेका थिए ।

कार्यक्रममा निर्देशक यूवराज लामा, रमेश वुढाथोकी, प्रकाश सायमी, नारायण पुरीलाई सम्मान गरिएको थियो । शहरी विकास राज्यमन्त्री रामविर मानन्धरले उनीहरुलाई सम्मान पत्र प्रदान गरेका थिए । यस्तै, यूवा चलचित्र निर्देशक सम्मान निर्देशक ऋषि लामिछाने र लोकप्रिय निर्देशक सम्मान दीपाश्री निरौलालाई प्रदान गरियो ।

साधारण सभामा निर्देशक समाजले अक्षय कोषको समेत घोषणा गरेको छ । कार्यक्रममा अतिथीको रुपमा उपस्थिती निर्देशक नीर शाहले चलचित्रकर्मीहरु अझै पनि व्यसायिक बन्न नपाएको बताउ । निर्देशक समाजले सदस्यहरुले सदस्यता लिने वित्तिकै दुर्घटना विमा हुने घोषणा समेत गरेको छ ।

कार्यक्रममा संस्थाको विभिन्न गतिविधी समेटर निर्माण गरिएको भिडियो समेत प्रदर्शन गरिएको थियो ।



source https://www.onlinekhabar.com/2021/04/943211

Post a Comment

0 Comments