Looking For Anything Specific?

Header Ads

हरि अधिकारीद्वारा लिखित ‘संकलित गद्यरचना’ सार्वजनिक

लेखक हरि अधिकारीका गद्यरचनाहरूको संग्रह ‘संकलित गद्यरचना’ शनिबार लोर्कापण गरिएको छ ।

साहित्यकार धुव्र सापकोटाले संग्रह लोकार्पण गर्दै नेपाली गद्य साहित्यका लागि हरि अधिकारीको कृतिले महत्त्वपूर्ण योगदान गरेको बताए । ‘हरिको लेखन कलालाई मैले धरै पहिलेबाट चिनेको छु’ सापकोटाले भने, ‘लालित्यपूर्ण भाषामा लेखिएका उनका लेखहरूबाट नयाँ पुस्ताले धेरै कुरा सिक्न सक्ने ठाउँ देख्छु ।’

समालोचक शरच्चन्द्र वस्तीले अधिकारीको लेखनशैली उच्च कोटीको रहेको भन्दै कृतिमा संग्रहित सबै रचनाहरूको विशिष्ट महत्व रहेको बताए । साहित्यकार धुव्र मधिकर्मीले कुनै पनि विषयमा निर्भीक भएर लेख्नु नै बहुप्रतिभाशाली अधिकारीको लेखकीय विशेषता भएको धारणा राखे । समालोचक राजकुमार बानियाँले भने हरि अधिकारीको लेखलाई ‘दृश्यमान शब्दहरूको मोहक नृत्य’को संज्ञा दिए ।

यता अमेरिकाबाटै लिखित मन्तव्य प्रेषित गर्दै हरि अधिकारीले आफूले रच्ने साहित्यमा नेपाली भाषाको मौलिकता, सौन्दर्य र लालित्यको मर्यादा कायम रहोस् भन्ने कुरामा सधैं सचेत रहँदै आएको बताए ।

विशिष्ट कवि र कथाकारको परिचय बनाएका अधिकारीको यसअघि दुई कवितासंग्रह, दुई कथा, उपन्यास र निबन्धकृति प्रकाशित छन् ।



source https://www.onlinekhabar.com/2021/04/942961

Post a Comment

0 Comments