Looking For Anything Specific?

Header Ads

पाकिस्तानको क्वेटा शहरमा विष्फोट, ४ जनाको मृत्यु

९ वैशाख, काठमाडौं । पाकिस्तानको क्वेटा शहरमा अवस्थित एक होटलमा विष्फोट हुँदा कम्तिमा चार जनाको मृत्यु भएको छ । अन्य ११ जना घाइते भएका छन् ।

बीबीसीका अनुसार क्वेटा शहरमा अवस्थित चर्चित होटल सेरेनाको पार्किङ क्षेत्रमा विष्फोट भएको हो । उच्च सरकारी अधिकारीहरुको बढी आउजाउ हुने होटलको रुपमा सेरेना चर्चित छ ।

पाकिस्तानका गृहमन्त्री शेख राशिद अहमदले एक टेलिभिजनलाई दिएको प्रतिक्रियाअनुसार विष्फोटक पदार्थले भरिएको कार पार्किङ क्षेत्रमा विष्फोट भएको थियो ।

विष्फोटको जिम्मा तालिवानले लिएको छ ।

क्वेटा शहर बलुचिस्तान प्रान्तको राजधानी हो, जुन अफगानिस्तानको सीमा नजिक छ । बलुचिस्तान क्षेत्रमा पृथकतावादी समूह लामो समयदेखि सक्रिय छ । यही क्षेत्रमा चीनले ठूलो परियोजनामा लगानी गरेको छ ।



source https://www.onlinekhabar.com/2021/04/947508

Post a Comment

0 Comments