Looking For Anything Specific?

Header Ads

कीर्तिपुर नगरपालिका वडा नं. ७ का अध्यक्षको निधन

३० चैत, काठमाडौं । कीर्तिपुर नगरपालिका वडा नम्बर ७ का अध्यक्ष राजकुमार मालीको निधन भएको छ ।

मस्तिष्कघात भएपछि ललितपुरको वयोधा अस्पतालमा उपचाररत उनको आइतबार साँझ निधन भएको कीर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जनले जानकारी दिए ।

सोमबार उनलाई श्रद्धाञ्जली दिइने र नगरपरिक्रमासहित अन्तिम संस्कार गरिने मेयर महर्जनले बताए ।

माली नेकपा एमाले काठमाडौं जिल्ला कमिटी सदस्यसमेत हुन् ।

 



source https://www.onlinekhabar.com/2021/04/944879

Post a Comment

0 Comments