Looking For Anything Specific?

Header Ads

रेनशा भन्छिन्–‘फिल्म रिलिजका लागि समय पाउँदा धेरै कुरामा ध्यान दिन पाएँ’

 

निर्देशक रेनशा वान्तवा राइले निर्देशन गरेको दोश्रो चलचित्र ‘आई एम ट्वान्टी वान’को छायांकन सकिएको छ । कात्तिक १ गतेबाट सुरु भएको चलचित्रको छायांकन ६ महिनामा सकियो ।

रेनशालाई कोभिडका कारण निरन्तर छायांकन भने गरिनन् । विभिन्न सेड्यूलमा चलचित्रको छायांकन गर्दा उनलाई ६ महिना समय लागेको हो । चलचित्रको छायांकन सकिएपनि यसको प्रदर्शन मिति भने तय गरिएको छैन । यसअर्थमा रेनशासँग समय प्रशस्त छ ।

रेनशाले चलचित्रको छायांकन सकिएपछि पोष्ट प्रोडक्शनका लागि समय पाएकी छन् । कोरोनाका कारण चलचित्र कहिलेबाट रिलिज हुन्छ पक्का छैन । तर, रेनशाले यो समयमा चलचित्रका सुष्म बिषयमा ध्यान दिन पाएकी छिन् । रेनशाले अनलाइनखबरसँग भनिन्–‘मैले चलचित्रलाई सम्पादन गर्दा के–के कुरा थप्न वा हटाउन सकिन्छ भनेर ध्यान दिने समय पाएँ । यसैले, केही कुराहरु थप्न सकिन्छ भन्ने लागेपछि फेरि छायांकन पनि गरेँ ।’

चलचित्रको सम्पादन सकिएपछि रेनशाले आफूलाई अभाव खड्किएका कुराहरु थप्न पाएको बताइन् । यसले आफूले सोचे जस्तै चलचित्र बनेको उनको भनाई छ ।

रेनशाले भनिन्–‘इन्टु मिन्टु लण्डनमाको समयमा रिलिजको हतारो थियो । यसैले, समय नपाउँदा धेरै कुराहरुको अभाव महशुश भएको थियो । यसपटक महशुश भएका कुराहरु पुरा गर्न पाएकी छु ।’

यो चलचित्रले डान्सको कथा भन्छ । धिरज मगर, जसिता गुरुङ लगायतका कलाकारको चलचित्रमा मुख्य भूमिका छ ।



source https://www.onlinekhabar.com/2021/04/948357

Post a Comment

0 Comments