Looking For Anything Specific?

Header Ads

राष्ट्रपतिद्वारा सेतो मच्छेन्द्रनाथको दर्शन

८ वैशाख, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सेतो मच्छेन्द्रनाथको दर्शन गरेकी छन् । गएराति असन पुगेर राष्ट्रपति भण्डारीले मच्छेन्द्रनाथको पूजा गरी प्रसाद ग्रहण गरेकी हुन् ।

वर्षा र सहकालका देवता सेतो मच्छेन्द्रनाथको रथ असन ल्याएपछि राष्ट्राध्यक्षले पूजा एवं दर्शन गरी प्रसाद ग्रहण गर्ने परम्परा छ ।

प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमी अर्थात् मंगलबारदेखि दरबारमार्गस्थित तीनधारा पाठशालाबाट शुरु हुने रथयात्रा शहरको भित्री भागमा तीन दिनसम्म चल्ने गर्छ ।

असन, वसन्तपुर, जैसीदेवल, लगन हुँदै पुनः रथयात्रा मच्छेन्द्रबहालमा ल्याएर अन्त्य गरिन्छ । रथलाई बिहीबार लगन लगेपछि त्यहाँ रहेको सेतो मच्छेन्द्रनाथको आमाको मन्दिरमा तीनपटक घुमाइन्छ ।

राष्ट्रपति भण्डारीलाई सांसद एवं पूर्वमन्त्री भीमसेनदास प्रधान, काठमाडौं महानगरपालिकाका उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ, वडा नं. २५ का अध्यक्ष एवं सेतो मच्छेन्द्रनाथका पुजारी नीलकाजी शाक्य, वडा नं २७ का अध्यक्ष चिनियाकाजी महर्जनलगायतले रथ राखिएको स्थलमा स्वागत गरेका थिए ।

यस वर्ष पनि कोरोना संक्रमणको जोखिम कायमै रहेकाले रथयात्रामा स्वास्थ्य सुरक्षाको सावधानी अपनाइएको थियो ।



source https://www.onlinekhabar.com/2021/04/947209

Post a Comment

0 Comments