Looking For Anything Specific?

Header Ads

पौषदेखि संचालनमा आएका फिल्म हल फेरि बन्द गर्ने तयारी

कोरोना भाइरसको नयाँ भेरियन्ट देखिएसँगै सरकारले २५ जना भन्दा बढी भेला हुन रोक लगाउने तयारी गरेको छ । स्वास्थ्य मन्त्रालयले २५ जना भन्दा बढी भेला हुन रोक लगाउने, विद्यालय, सिनेमा हल र पार्टी प्यालेस बन्द गर्नुपर्ने निष्कर्ष निकाल्दै सीसीएमसीमा सिफारिश पठाएको छ ।

सीसीएमसीको आज बस्ने बैठकले यो बिषयमा निर्णय गर्ने बताइएको छ । सीसीएमसीले स्वास्थ्य मन्त्रालयले पठाएको सिफारिश अनुसार निर्णय गरेको खण्डमा पौषको २६ गतेबाट औपचारिक रुपमा सुचारु भएका चलचित्र भवनहरु बन्द हुनेछन् ।

सरकारले १० महिनासम्म बन्द भएका हलहरु पौष २६ गतेबाट ५० प्रतिशत अकुपेन्सीमा संचालन गर्न दिने निर्णय गरेपछि केही नयाँ नेपाली चलचित्र रिलिज भएका थिए । तर, ती कुनै पनि चलचित्रले बक्स अफिसमा कुनै गतिलो व्यापार गरेनन् । ३ महिनादेखि हलहरु संचालनमा आएपनि दर्शकको उपस्थिती भने न्यून छ ।



source https://www.onlinekhabar.com/2021/04/944225

Post a Comment

0 Comments