Looking For Anything Specific?

Header Ads

‘हामी तिन भाइ’ निर्माणको घोषणा

चलचित्र ‘हामी तिन भाइ’ निर्माणको घोषणा भएको छ । मधुसुदन भट्टराइको निर्देशनमा बन्न लागेको यो चलचित्रमा सलोन बस्नेत, शिशिर राणा, विकास चापागाँई, सदिक्षा पाण्डे, नरेन्द्र केसी मुख्य भूमिकामा रहनेछन् ।

चलचित्रको मुख्य भूमिकामा रहने केही कलाकारको छनोट गर्न बाँकी रहेको निर्माण पक्षले बताएको छ । स्वर्गीय शिव रेग्मीको निर्देशनमा राजेश हमाल, श्रीकृष्ण श्रेष्ठ र निखिल उप्रेतीको मुख्य भूमिकामा बनेको चलचित्र ‘हामी तिन भाइ’ सुपरहिट भएको थियो । यही नाम सापटी लिदै बन्न लागेको ‘हामी तिन भाइ’लाई साजित महतले निर्माण गर्दैछन् ।

चलचित्रमा हिमाल केसीको एक्सन, नरेन्द्र कुमार सिंहको छायांकन, श्यामकृष्ण मानन्धरको संगीत, मनिष गौतम र रिवाज दाहालको लेखन रहनेछ । पारिवारिक प्रेम कथामा निर्माण हुन लागेको चलचित्रका कार्यकारी निर्माता विक्रम तामाङ्ग हुन् ।



source https://www.onlinekhabar.com/2021/04/944634

Post a Comment

0 Comments