Looking For Anything Specific?

Header Ads

चितवनमा जिपको ठक्करबाट पैदलयात्रीको मृत्यु

८ वैशाख, चितवन । पूर्वी चितवनको राप्ती नगरपालिकामा जिपको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा राप्ती नगरपालिका-३ झुरझुरेकी ७२ वर्षीया मेनुका ओली रहेको इलाका प्रहरी कार्यालय भण्डाराले जनाएको छ ।

लोथरबाट खैरहनीतर्फ आउँदै गरेको बा३च २१८७ नम्बरको बोलेरो जिपले राप्ती नगरपालिका-३ झुरझुरेमा पैदलयात्री ओलीलाई मंगलबार साँझ साढे ६ बजे ठक्कर दिएको थियो । ठक्करबाट घाइते ओलीको उपचारका क्रममा चितवन मेडिकल कलेजमा राति साढे १२ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिप र त्यसको चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।



source https://www.onlinekhabar.com/2021/04/947223

Post a Comment

0 Comments