Looking For Anything Specific?

Header Ads

लकडाउन बढ्यो भने ‘राधे’ अर्को बर्षको इदमा रिलिज हुन्छः सलमान खान

बलिउड नायक सलमान खान अभिनित चलचित्र ‘राधे’ मे महिनाको १३ तारिखबाट रिलिज हुने सेड्यूल तय गरिएको छ । तर, भारतमा दैनिक १ लाख भन्दा बढी कोरोना संक्रमित देखिन थालेका छन् । यसले, बलिउडकर्मीलाई चिन्तामा पारिदिएको छ ।

अक्षय कुमारको मुख्य भूमिका रहेको चलचित्र ‘सूर्यवंशी’को रिलिज डेट पोष्टपोन्ड भैसकेको छ । अब, सबैको आँखा नायक सलमान खान अभिनित चलचित्र ‘राधे’माथि छ । नायक सलमान खानले हालै दिएको एक अन्तरवार्तामा महाराष्ट्रमा अप्रिल ३० सम्म लागू गरिएको रात्रीकालिन लकडाउन बढेको खण्डमा चलचित्र पोष्टपोन्ड गर्ने बताएका छन् । उनले, यदि मानिसहरुले मास्क लगाएनन्, सरकारले दिएको निर्देशन पालना गरेनन् भने भारतमा कोरोना संक्रमितको संख्या बढ्ने पनि बताए ।

यसैले, अप्रिल ३० सम्मको लकडाउन र कोरोना संक्रमितको संख्या हेरेर चलचित्र रिलिज के गर्ने भन्ने बिषयमा निर्णय हुने सलमानको भनाई छ । सलमानले यदि, यो बर्षको इदमा चलचित्र रिलिज हुन सकेन भने अर्को बर्षको इदमा रिलिज गर्ने पनि बताएका छन् ।

प्रभु देवाको निर्देशनमा बनेको यो चलचित्रमा सलमान र नायिका दिशा पटानी मुख्य भूमिकामा छन् ।



source https://www.onlinekhabar.com/2021/04/943962

Post a Comment

0 Comments